निवर्तमान मुख्यसचिव बैकुण्ठ अर्याललाई भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा सफाइ

कार्तिक १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
निवर्तमान मुख्यसचिव बैकुण्ठ अर्याललाई भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा सफाइ

काठमाडौं । भ्रष्टाचार मुद्दा खेपिरहेका निवर्तमान मुख्यसचिव बैकुण्ठ अर्याललाई विशेष अदालतले सफाइ दिएको छ ।

सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्क स्टिकर छाप्न निजी कम्पनीलाई ठेक्का दिएको आरोपको मुद्दामा अदालतले आज अर्याललाई सफाइ दिएको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु खुसीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले १२ प्रतिवादी रहेको मुद्दामा अर्याललाई सफाइ दिएको हो ।

विशेष अदालतले उक्त मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई भने दोषी ठहर गरेको छ । दोषीलाई सजाय निर्धारण भने २५ मंसिरमा हुने विशेष अदालतले जनाएको छ ।

भ्रष्टाचारको मुद्दा दायर भएपछि तत्कालीन मुख्यसचिव अर्याललाई सरकारले राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरुवा गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement