समस्याग्रस्त सहकारीबाट ६ हजार ५९३ बचतकर्ताको १ अर्ब ५१ करोड रकम फिर्ता

कार्तिक १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
समस्याग्रस्त सहकारीबाट ६ हजार ५९३ बचतकर्ताको १ अर्ब ५१ करोड रकम फिर्ता

काठमाडौं । समस्याग्रस्त सहकारीबाट धमाधम बचतकर्ताको रकम फिर्ता गराउन थालिएको छ ।

सरकारद्वारा गठित ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ले आज पत्रकार सम्मेलन गरि गरी अहिलेसम्म ६ हजार ५ सय ९३ बचतकर्ताको १ अर्ब ५१ करोड रुपैयाँ फिर्ता गरेको जनाएको छ ।

गत साउनयता मात्रै समस्याग्रस्त सहकारीका ४ हजार ८ सय ५६ जना बचतकर्ताको ६४ करोड ८६ लाख फिर्ता गरिएको हो । त्यस्तै ४ सय ३८ बचतकर्ताको आंशिक ३ करोड १ लाख ९९ हजार रकम फिर्ता भएको छ ।

यसअघि सरकारले गत असारसम्म १ हजार २ सय ९९ जनाको ८३ करोड ६५ लाख रकम फिर्ता गरेको थिए । सरकारले सहकारी संस्थाको सम्पत्ति लिलाम, ऋणी बाट ऋण असुली गरेर रकम फिर्ता गरेको छ । आउँदो असार मसान्त ९ वटा सहकारीहरुको रकम राफसाफ गर्न घोषणा गरेको छ ।

त्यस्तै १३ हजार ७५ ऋणीबाट २३ अर्ब ६२ करोड असुली गर्ने समितिले जनाएको छ । तीनवटा वटा समस्याग्रस्त सहकारीको सबै रकम राफसाफ गरि समस्याग्रस्तबाट हटाउने तयारी गरेको छ ।

देशभर रहेका अन्य सरकारीबाट ठगिएका पीडितको पनि रकम फिर्ता गराइदिने छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement