बम नभेटिएपछि खानतलासी पछि दिल्ली उड्‍यो एयर इण्डियाको जहाज

कार्तिक १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
बम नभेटिएपछि खानतलासी पछि दिल्ली उड्‍यो एयर इण्डियाको जहाज

काठमाडौं । एयर इण्डियाको जहाजमा बम नभेटिएपछि खानतलासी पछि दिल्ली उडेको छ ।

आज दिउँसो भारतको नयाँदिल्लीबाट काठमाडौँ आएको एयर इण्डियाको विमान फर्किने क्रममा बम राखिएको भनि एयर इण्डियाको मुख्यालयले विमानस्थललाई खबर गरेको थियो । बमको हल्लापछि नेपाली सेना र नेपाल प्रहरीले यात्रु र सामान उतारेर खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा खतराजन्य पदार्थ नभेटिएपछि विमान दिल्ली उडेको हो । पछिल्ला दिनहरुमा भारतीय विमानमा बम राखिएको भन्ने हल्ला निरन्तर चल्ने गरेको छ । आज मात्रै विभिन्न २१ वटा जहाजमा बम राखिएको भनेर हल्ला चलाइएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.