काभ्रेमा बुद्धचित्तको बोट काट्ने र चोर्ने ३ जना पक्राउ

कार्तिक १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
काभ्रेमा बुद्धचित्तको बोट काट्ने र चोर्ने ३ जना पक्राउ

काभ्रे । काभ्रेको रोशी गाउँपालिका-५ मा रहेको ठकुरानी तामाङको बुद्धचित्तको बोट काट्ने र केही वर्षअगाडि यसको माला लुट्ने गिरोहका ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोशी गाउँपालिका-५ निवासी ४१ वर्षीय सागर भनिने राधाकृष्ण मैनाली, सोही वडाकै २७ वर्षीय विजय हुमागाईंलाई गत १० गते पक्राउ गरेको काभ्रे प्रहरीले जनाएको छ ।

यस्तै  काभ्रेकै खानीखोला गाउँपालिका -१ फलामेटार घर भएका ४६ वर्षीय  प्रताप सिंह गोलेलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

रोशी-५ नागबेलीस्थित ठकुरानी तामाङको घरमा रहेको करोडौँ मूल्यपर्ने बुद्धचित्तको रुख गत चैत्र ३० गते अज्ञात समूहले काटेको थियो । बुद्धचित्त काटेकै स्थानमा चार थान सकेट बम समेत फेला पारेको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मीनबहादुर घलेका अनुसार सागर, विजयलाई पुर्पक्षका लागि थुनामा पठाइएको र गोलेलाई ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.