टीकापुर विमानस्थलमा ३८ वर्षपछि विमान उडान

कार्तिक १२, २०८१ |रासस
टीकापुर विमानस्थलमा ३८ वर्षपछि विमान उडान

बाँके । कैलालीको टीकापुरमा आज विमान परीक्षण उडान गरिएको छ । टीकापुर नगरपालिका वडा नम्बर-१ स्थित बसपार्क नजिकै रहेको टीकापुर विमानस्थलमा ३८ वर्षपछि परीक्षण उडान गरिएको छ ।

आज टीकापुर विमानस्थलमा नेपाल वायुसेवा निगमको 'नाइन एन एबीयू' नम्बर र तारा एयरको 'नाइन एन / एईभी' नम्बरको विमानले परीक्षण उडान गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनराज्यमन्त्री अरुणकुमार चौधरीले तिहारलगत्तै नियमित विमान सञ्चालन गरिने दाबी गर्नु भयो । उहाँका अनुसार टीकापुरबाट नियमित विमान सञ्चालन सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा गरिनेछ ।

स्वर्गीय गृहमन्त्री खड्गबहादुर सिंहले २०४१ सालमा टीकापुर विमानस्थल सञ्चालनमा ल्याउनु भएको थियो । ३ वर्षसम्म नियमित सञ्चालनमा आएको विमानस्थलमा २०५२ सालपछि द्वन्द्वकाल सुरू भएसँगै उडान-अवतरण रोकिएको थियो ।