२७ अंकले बढ्यो नेप्से परिसूचक

कार्तिक १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
२७ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक २७ दशमलव ४१ अङ्कले उकालो लागेर दुई हजार छ सय ४५ दशमलव ३६ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव १४ अङ्कले उकालो लागेर चार सय ७२ दशमलव ९५ मा पुगेको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा आज वृद्धि भएको छ ।

कुल एक करोड चार लाख १८ हजार नौ सय २६ कित्ता सेयर रु पाँच अर्ब ३४ करोड ४८ लाख नौ सय १२ मूल्यमा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार, जानकी फाइनान्स र डोल्टी पावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । 

रिभर फल्स पावर नौ दशमलव ५४,मेछ्याङ हाइड्रोपावर नौ दशमलव १३ र माया खोला हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव ९९ प्रतिशतले कमाएका छन् ।

यस्तै, पिपल्स वर ६ दशमलव शून्य दुई, कालिञ्चोक दर्शन लिमिटेड चार दशमलव ३५,समृद्धि फाइनान्स कम्पनी तीन दशमलव ९६, विन नेपाल लघुवित्त दुई दशमलव ८९ र नेपाल एसबिआई बैंकका लगानीकर्ताले दुई दशमलव ६३ प्रतिशतले गुमाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.