रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि कास्की जिल्ला अदालतमा पुर्‍याइयो

कार्तिक ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि कास्की जिल्ला अदालतमा पुर्‍याइयो

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई म्याद थपका लागि अदालतमा पुर्‍याइएको छ ।

कार्तिक २ गते पक्राउ गरी ल्याइएका रास्वपा सभापति लामिछानेलाई असोज ४ गते ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

अदालतले यसअघि दिएको म्याद आज सकिँदैछ । अदालतले दिएको म्याद सकिए पनि अनुसन्धान नसकिएकाले पुनः समय माग्न लागिएको कास्की प्रहरीले जनाएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.