गृहमन्त्रीको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठीक छु भन्ने ?

कार्तिक ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
गृहमन्त्रीको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठीक छु भन्ने ?

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संयमित भएर काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ ।

प्रहरीले संयमित, सरल, सहज, इमानदार भएर आम नागरिकको सेवा प्रदान गर्ने काम गर्नुपर्ने गृहमन्त्री लेखकको भनाई थियो । उहाँले अपराध गरेकाहरुलाई पनि प्रहरीमाथि आक्रमण गर्ने प्रयास नगर्न सचेत गराउनु भयो । आफूले गल्ती गर्ने, अनि प्रहरीसँग जाईलाग्ने, झगडा गर्ने वा आफूले भनेको ठिक हो भन्न ढंगले कसैले पनि अघि बढ्न नहुने गृहमन्त्री लेखकले स्पष्ट पार्नुभयो ।

‘अन्याय गरेको छ, अपराध गरेको छ भने देशको कानुनले, पद्धतिले, प्रक्रियाले त्यसको अनुसन्धान हुन्छ । छानविन हुन्छ । हेर्नुपर्ने निकायहरुले हेर्दछन्,’ उहाँले भन्नुभयो, ‘त्यसलाई गलत काम गर्ने मानिसले पनि त्यही ढंगले हेर्नुपर्दछ । आफू गल्ती गर्ने, अनि प्रहरीसँग जाईलाग्ने, झगडा गर्ने अथवा मैले भनेको कुरा ठिक हो भन्ने ढगले जानुहुन्न ।’

आइतबार काठमाडौ उपत्यका ट्राफिक कार्यालयमा ट्राफिक भाइलेन्स रेकर्ड सिस्टमको शुभारम्भ गर्दै उहाँले गल्ती गर्नेहरुलाई सम्र्झाइबुझाई काम गर्न निर्देश गर्नुभयो । ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनमा लागि विद्यालय तहमा बढि जोड दिएर सचेतना कार्यक्रमलाई अघि बढाउन आवश्यक भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले त्यस काममा लाग्न पनि सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनु भयो ।

गृहमन्त्री लेखकले सरकारले सुशासन मुख्य कामलाई प्रभावकारी बनाउन प्रविधिमा जोड दिएको पनि बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.