पोखरामा प्रदर्शनकारीले तोडे निषेधित क्षेत्र, प्रहरीले प्रयोग गर्‍यो पानीको फोहरा

कार्तिक ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
पोखरामा प्रदर्शनकारीले तोडे निषेधित क्षेत्र, प्रहरीले प्रयोग गर्‍यो पानीको फोहरा

कास्की । सहकारी ठगी र संगठित अपराधको मुद्दामा अनुसन्धानका लागि पूर्वगृहमन्त्री एवं रवि लामिछाने पक्राउ परेको विरोधमा पोखरामा रास्वपा समर्थकले प्रदर्शन गरेका छन् । 

शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई आज म्याद थपका लागि कास्की जिल्ला अदालत पुर्‍याएपछि प्रदर्शनकारी आक्रोशित रुपमा प्रस्तुत भएका थिए । 

कास्की प्रशासनले तोकेको निषेधित क्षेत्र तोडेर प्रदर्शनकारी अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले प्रदर्शनकारीलाई तितरवितर बनाउन पानीको फोहरा प्रयोग गरेको छ । 

लामिछानेलाई गोर्खा मिडियाको सञ्चालक र प्रबन्ध निर्देशक रहँदा पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन गरेको आरोपमा म्याद थपेर अनुसन्धान गर्ने र पुरक मुद्दा लैजाने प्रहरीको तयारी छ । हिजो सार्वजनिक बिदा परेकाले लामिछानेलाई आज अदालतमा पेश गराइएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.