माल्दिभ्सका राष्ट्रपतिको आर्थिक सुधार योजना : २ सय २८ राजनीतिक नियुक्तिलाई हटाउन निर्देशन

आश्विन २९, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
माल्दिभ्सका राष्ट्रपतिको आर्थिक सुधार योजना : २ सय २८ राजनीतिक नियुक्तिलाई हटाउन निर्देशन

काठमाडौं । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले आज आर्थिक सुधारको एजेन्डा घोषणा गर्नुभएको छ । 

उहाँले आर्थिक सुधारको एजेन्डा अन्तर्गत विभिन्न मन्त्रालयका करिब २ सय २८ राजनीतिक नियुक्तिलाई १५ दिनभित्र हटाउन निर्देशन दिनुभएको छ । 

मुइज्जुले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत उक्त विषयको जानकारी गराएको बीबीसीले जनाएको छ ।

उहाँले कटौति गरेको सरकारी मन्त्रालयका करिब २ सय २८ राजनीतिक नियुक्तिमा सात राज्यमन्त्री, ४३ उपमन्त्री, १ सय ९ वरिष्ठ राजनीतिक निर्देशक र ६९ राजनीतिक निर्देशक छन् । उक्त निर्णयले सरकारी बजेटबाट हरेक महिना ५ दशमलव ७१४ मिलियन आरएफ (माल्दिभ्स मुद्रा) बचत हुने राष्ट्रपति मुइज्जले बताउनुभएको छ ।