बर्दियास्थित नेपाल-भारत सीमामा गोली प्रहार, एक जना घाइते

आश्विन २८, २०८१ |कमल पन्थी
बर्दियास्थित नेपाल-भारत सीमामा गोली प्रहार, एक जना घाइते

बर्दिया । बर्दियास्थित नेपाल भारत सीमामा एक नेपालीमाथि गोली प्रहार भएको छ ।

बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ८ का बलराम लोध गोली प्रहारबाट गम्भीर घाइते हुनु भएको छ ।

आइतबार राति करिब ७ बजे खेतमा काम गरिरहेको समय उहाँमाथि गोली प्रहार भएको सशस्त्र प्रहरी बलले जनाएको छ । घाइते लोधको ढाडमा गोली लागेको छ । गोली कसले चलायो भन्नेकुरा अनुसन्धान भइरहेको सशस्त्र प्रहरीका एसपी चित्राङत थापाले जानकारी दिनुभयो । 

घाइते लोधको उपचार शिक्षण अस्पताल कोहलपुरमा भइरहेको छ । भारतीय वनकर्मीले आफूमाथि गोली प्रहार गरेको घाइते लोधले जानकारी दिएको प्रहरीले जनाएको छ ।


Image

कमल पन्थी

पन्थी कान्तिपुर टीभीका बर्दिया संवाददाता हुन् ।