गाउँमा लिङ्गे पिङले बढायो दशैँको रौनक (भिडियो रिपोर्ट)

परम्परागत पिङ हाल्ने चलनले दशैंको मौलिकता कायमै
आश्विन २७, २०८१ |नवराज श्रेष्ठ
गाउँमा लिङ्गे पिङले बढायो दशैँको रौनक (भिडियो रिपोर्ट)

रामेछाप । दशैँका बेला चङ्गा उडाएको मौलिक गीतसङ्गीत र बाजाको आवाज गाउँ घन्किएको सुन्न र देख्न अहिले कमै पाइन्छ । बढ्दो बसाइसराइ र रोजगारीका लागि विदेश जानुपर्ने बाध्यताले दशैँ तिहारलगायतका पर्वहरूको रौनक गाउँघरमा पहिलेजस्तो छैन । तर अझै पनि दशैंमा थापेका लिङ्गे पिङमा गाउँलेहरू मच्चिएको दृष्यले भने रौनक थप्छ ।

दशैं मनाउन सहरबाट गाउँ आएका बालबालिका पिङमा मच्चिँदै चौतारामा भाका हालेर रमाइलो गरिरहेको दृष्यले गाउँघरमा रौनक छाएको छ । दशैं मनाउन घर फर्केकाहरूको चहलपहले रामेछापका गाउँहरू भरिएका छन् । पछिल्लो समयमा प्रविधिको विकाससागै मान्छेलाई चाडपर्वको समयमा पनि सामाजिकभन्दा पनि एक्लो बनाउदै लगेको छ । तर पनि मौलिक र परम्परागत पिङ हाल्ने र त्यसमा मच्चिएर रमाइलो गरेर दशैं मनाउने चलन गाउँघरमा अझै छ ।

विगतमा जस्तो गाउँ बस्तीमा दसैंमा चङ्गा उडाएको, मौलिक स्थानीय गीतसङ्गीत र बाजाहरूको आवाज सुन्न र देख्न कमै पाइन्छ । तर अझै पनि रामेछापका गाउँ र सहरका सडक किनार डााडा अनि चौरमा लिङ्गे पिङ मच्चिन थालेसागै दशैंको रौनकले छाएको छ । दशका बेलामा थापिने पिङ, बाटो घाटो सरसफाइजस्ता कामले मान्छेलाई सामाजिक बनाउछा भन्ने बुझाइ युवाहरूको पनि छ ।

विगतका दशैंमा घटस्थापनादेखि नै गाउँगाउँमा पिङ बनाउने र चङ्गा उडाउने प्रतिस्पर्धा नै हुने गर्दथ्यो । यसले गाउँमा रमाइलोसागसागै सद्भावसमेत कायम हुन्थ्यो । रामेछापमा चडपर्वलाई रौनक दिने धेरै कुराहरू हराउँदै गए पनि ठाउँ ठाउँमा थापिएका लिङ्गे पिङ मच्चिएकाहरूको दृश्यले दशैंको मौलिकता अझै कायमै छ भन्ने देखिन्छ ।


Image

नवराज श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका राेछाप संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement