सुख्खा पहिरोले अवरुद्ध बीपी राजमार्ग एकतर्फि खुल्यो, सतर्क भएर यात्रा गर्न अनुरोध

आश्विन २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
सुख्खा पहिरोले अवरुद्ध बीपी राजमार्ग एकतर्फि खुल्यो, सतर्क भएर यात्रा गर्न अनुरोध

काठमाडौं । सुख्खा पहिरोका कारण अवरुद्ध बीपी राजमार्ग एकतर्फिरुपमा खुलेको छ । 

करिब दुई हप्तादेखि अवरुद्ध राजमार्ग आज बिहानबाट सञ्चालनमा ल्याइएपनि पुन: सुख्खा पहिरो आएपछि राजमार्ग अवरुद्ध भएको थियो ।

बीपी राजमार्गमा सुख्खा पहिरोले बस र सुमो पुरिएका थिए । अस्थायी डाइभर्सन पनि फेरि बन्द भएको थियो ।

बीपी राजमार्गको रोशी गाउँपालिका- ११ बुलढुङ्गामा सुख्खा पहिरो गएको हो । अहिले पहिरो पन्छाएर सडक एकतर्फि रुपमा सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

सडक खुलेपनि यात्रामा सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement