नेपाल काभा पुरुष यू-२० भलिबल च्याम्पियनसीपको फाइनलमा प्रवेश

आश्विन २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल काभा पुरुष यू-२० भलिबल च्याम्पियनसीपको फाइनलमा प्रवेश

काठमाडौं । नेपाल काभा पुरुष यू-२० भलिबल च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा तुर्कमेनिस्तानलाई सोझो सेटमा पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

सुगाथादास इन्डोर भलिबल स्टेडियम कोलम्बोमा रमेश केसीको टोलीले सानदार प्रदर्शन गर्यो । स्पाइक र ब्लकमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली युवा टोलीले डिफेन्समा समेत सुधारिएको प्रदर्शन गर्यो । पहिलो सेट २५-१४ ले जितेको नेपालले दोस्रो सेट २५-२१ र तेस्रो सेट २५-२० ले आफ्नो पक्षमा पार्यो ।

अर्जुन नेपाललीको कप्तानीमा नेपालले जित्नै पर्ने खेलमा आफु अनुकुल नतिजा निकालेको हो । यस खेलको विजेता टोली प्रतियोगितको फाइनलमा पुग्ने समिकरण थियो ।

नेपाल पाँच खेलमा १० अंक सहित लिगको दोस्रो स्थानमा रहँदै फाइनल पुगेको । उज्वेगिस्थान लिगको विजेता हुँदै अघि बढ्यो । तुर्केमेनिस्तानको पाँच खेलमा १० अंक रहेपनि हेड टु हेडमा नेपालले बाजी मार्यो ।

लिग चरणका अघिल्ला खेलमा नेपालले माल्दिभ्स र श्रीलंकालाई समान ३-० को सोझो सेटमा पराजित गरेको थियो भने उज्वेकिस्तानसँग ३-१ र किर्गिस्तानसँग ३-२ सेटको हार ब्यहोरेको थियो । फाइनल खेल भोलि दिउँसो सवा ३ बजे सुरु हुने छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement