पाकिस्तानको एक कोइला खानीमा बन्दुकधारी समूहको आक्रमण, २० मजदुरको मृत्यु

आश्विन २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
पाकिस्तानको एक कोइला खानीमा बन्दुकधारी समूहको आक्रमण, २० मजदुरको मृत्यु

काठमाडौं । पाकिस्तानको बलुचिस्तानमा कोइला खानीमा काम गरिरहेका मजदुरमाथि बन्दुकधारी समूहले आक्रमण गरेर २० जनाको हत्या गरेको छ ।

बलुचिस्तान प्रान्तस्थित दुक्की जिल्लामा भएको आक्रमणमा अन्य ७ जना मजदुर घाइते भएका छन् । अज्ञात समूहले दुक्की प्रहरी चौकी क्षेत्रमा हमला गरेको अधिकारीहरुले जनाएका छन् ।

मजदुरमाथि गोली प्रहार भएको स्थान दुक्की शहरबाट करिब आठ किलोमिटर टाढा पर्छ । बन्दुकधारीले कोइला खानीनजिक कामदारलाई निशाना बनाएर आक्रमण गरेको बताइएको छ । मृत्यु हुनेमा चार जना अफगानिस्तानका कामदार हुन् । अरु पाकिस्तानकै हुन् ।

खानी मजदुरमाथि भएको आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन । यद्यपी यसअघि यस्ता घटनाको जिम्मेवारी बलोच लिबरेसन आर्मी-बीएलएले लिने गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement