प्रधानमन्त्री दैवी प्रकोप कोषमा डेढ अर्ब जम्मा

आश्विन १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री दैवी प्रकोप कोषमा डेढ अर्ब जम्मा

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिलेसम्म १ अर्ब ५९ करोड ४१ लाख रुपैयाँ जम्मा भएको छ ।

असोज ११ र १२ गते गएको बाढीपहिरो र डुबानबाट प्रभावित परिवारको उद्धार, राहत तथा भत्किएका घरहरुको पुननिर्माण र व्यवस्थापनका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिलेसम्म १ अर्ब ५९ करोड ४१ लाख रुपैयाँ रकम जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिरिषद् कार्यालयका प्रवक्ता प्रेमप्रसाद अर्यालले जानकारी दिनुभयो ।

कोषमा जम्मा भएका रकम गृहमन्त्रालय रहेको विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको केन्द्रीय विपद् व्यवस्थापन कोषमार्फत जिल्ला विपद् व्यवस्थापन कोषमा पठाइन्छ । रकम पठाउन भने मन्त्रिपरिषदले निर्णय गर्नुपर्नेछ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई कानुनले नचिन्ने भएकाले प्राधिकरणअन्तर्गतको केन्द्रीय विपद् व्यवस्थापन कोषमार्फत रकम प्रभावित परिवारलाई वितरण गरिन्छ । कोषमा जम्मा भएको रकम भने पुनर्निर्माणको काममा खर्च गर्न पाइँदैन ।

उक्त रकम मृतकका परिवारलाई तत्काल राहत दिन र अस्थायी आवास निर्माणका लागि खर्च गरिन्छ । मृतकका पाँच जनाभन्दा कम परिवार भएकालाई १५ हजार र त्यसभन्दा माथिका परिवारलाई तत्काल २० हजार प्रमुख जिल्ला अधिकारीमार्फत वितरण गरिन्छ ।

अस्थायी आवास निर्माणका लागि ५० हजार दिइन्छ । भत्किएका घरहरुको पुनर्निर्माणका लागि भने अर्थमन्त्रालयबाट छुटै बजेट विनियोजन हुनुपर्ने प्रावधान छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement