दुर्गा प्रसाईं एक लाख धरौटीमा रिहा

आश्विन १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
दुर्गा प्रसाईं एक लाख धरौटीमा रिहा

काठमाडौं । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा रिहा गरिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलद्वारा विद्युतीय अपराध सम्बन्धी दुईवटा मुद्दामा थुनछेक बहसमा ५० / ५० हजार रुपैयाँ धरौटी माग गरेएको हो ।

प्रहरीको साइबर ब्युरोले प्रसाईलाई असोज ६ मा भक्तपुर स्थित उनकै घरबाट पक्राउ गरेको थियो । सरकारी वकिल कार्यालय काठमाडौँले प्रसाईविरुद्ध विद्युतीय अपराध सम्बन्धी दुईवटा मुद्दा दायर गरेको छ । 

प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध एक जना महिलाको चरित्रहत्या गरेको आरोप छ । अर्का एक जना पुरुषले पनि प्रसाईं विरुद्ध जाहेरी दिएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.