काठमाडौं । बीपी राजमार्गअन्तर्गत नेपालथोक-धुलिखेल खण्डको दुम्जा प्रहरी चौकी नजिक रोशी खोलाले काटेको सडक आजबाट ट्रयाक खोल्न सुरु गरिएको छ । रोशी खोलालाई पूर्वतर्फ डाइभर्ट गरी ट्रयाक बनाउन सुरु गरिएको हो । यहाँ झन्डै १०० मिटर सडक रोशीखोलाले बगाएको छ ।
अस्थायी ट्रयाक खोलेर दसैँ अघि नै नेपालथोक-धुलिखेल खण्ड सञ्चालन गर्ने लक्ष्य रहेको सडक डिभिजन कार्यालय खुर्कोटका प्रमुख पारशमणि हमालले जानकारी दिनुभयो । यो ट्रयाक खुलेपछि काभ्रेको मंगलटारसम्म सवारी सुचालु हुने र उताबाट भकुण्डेबेँशी हुँदै रोशी खोलासम्म आउँदा बीचमा १० किलोमिटर क्षेत्रमा बगाएको सडकमा ट्रयाक खोल्नुपर्ने हुन्छ । यो खण्ड ५० किलोमिटर छ ।
बीपी राजमार्गको धुलीखेल, सिन्धुली बर्दिबास सडकको तीनखण्ड सञ्चालनमा रहेको पनि हमालले जानकारी दिनुभयो । नेपालथोकबाहेक यो खण्डमा ६ ठाउँमा रोशीले डेढ किलोमिटर सडक काटेको छ ।