
काठमाडौं । पहिरोका कारण तीन दिनदेखि बन्द रहेको पृथ्वी राजमार्गमा आजदेखि एकतर्फी रुपमा यातायात सञ्चालनमा आएको छ ।
सवारीसाधन चल्न थालेपछि लामो दुरीका सवारी साधनका यात्रुहरु गन्तव्यतर्फ लाग्न थालेका छन् । यातायात खुले पनि ठाउँ-ठाउँको पहिरोले जोखिम भने हटेको छैन ।
