मौसममा सुधार आएसँगै बाढीको स्थितिमा सुधार

आश्विन १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
मौसममा सुधार आएसँगै बाढीको स्थितिमा सुधार

काठमाडौ । देशभर मौसममा सुधार आएसँगै विभिन्न नदीमा बाढीको स्थितिमा पनि सुधार आएको छ ।

जल तथा मौसम विज्ञान विभागले शनिबार साँझदेखि भारी वर्षा रोकिएसँगै बाढीको स्थितिमा पनि सुधार आएको जानकारी दिएको छ ।

विभागका बाढीविद् विनोद पराजुलीले सबै नदीहरुमा बाढी सहज अवस्थामा आउने क्रममा रहेको जानकारी गराउँदै अब तत्कालका लागि थप बाढीको जोखिम नरहने जानकारी दिनुभयो ।

“बाढी आएका अधिकांश नदीहरुमा पानीको सहत घट्ने क्रममा छ, विस्तारै नदीमा पानीको सतह कम हुँदै जाने छ”, उहाँले भन्नुभयो, “अब मनसुन पनि सकिन लाग्यो, अहिलेको जस्तो विनाश ल्याउने ठूलो वर्षाको सम्भावना कम छ ।” 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.