देशभर बाढी र पहिरोबाट ज्यान गुमाउनेको संख्या १७० पुग्यो, अझै ४२ जना बेपत्ता

आश्विन १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
देशभर बाढी र पहिरोबाट ज्यान गुमाउनेको संख्या १७० पुग्यो, अझै ४२ जना बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण देशभर १७० जनाको मृत्यु भएको छ ।

बाढी पहिरो र डुबानमा परि देशभर ४२ जना बेपत्ता छन् भने एक सय ११ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ । सडक, पुल, विद्युत लगायतका संरचनामा समेत क्षति पुग्दा मुलुकका अधिकांश स्थानको जनजीवन प्रभावित भएको छ । पहिरोले राजमार्गहरु अवरुद्ध हुँदा काठमाडौंसँगको सम्पर्क नियमित हुन सकेको छैन ।

बाढी पहिरोमा परी धादिङमा ३८, काठमाडौंमा १६, काभ्रेमा २९, मकवानपुरमा ७, सिन्धुपाल्चोकमा ६, सोलुखुम्बु, पाँचथर र भक्तपुरमा पाँच-पाँच जनाले ज्यान गुमाएको गृह मन्त्रालयले जनाएको छ । गृह प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा ३, सिन्धुली, धनकुटा र महोत्तरीमा २-२ तथा रामेछाप, उदयपुर, इलाम, सप्तरी र नुवाकोटमा एक-एक जनाको मृत्यु भएको छ ।

हालसम्म ३ हजार ६ सय ६१ जनाको उद्धार गरिएको मन्त्रालयले जनाएको छ । यसैगरी बाढीपहिरोले ३ सय २२ वटा घरमा क्षति र १६ वटा पुल बगाएको सशस्त्र प्रहरीले बलले जनाएको छ ।

काठमाडौं उपत्यकामा बाढीले सयौं घर डुबानमा पर्दा जनधनको ठूलो क्षति भएको छ । वाग्मती, विष्णुमती, रुद्रमती, बल्खु, मनोहरा, नख्खुलगायत नदी तथा खोला बस्तीमा पसेका थिए । जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकामा ५४ वर्ष यताकै अधिक वर्षा भएको जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.