पानीको बहाव घटेपछि कोशी ब्यारेज पुलबाट यातायात र मानिसको आवतजावत खुला

आश्विन १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
पानीको बहाव घटेपछि कोशी ब्यारेज पुलबाट यातायात र मानिसको आवतजावत खुला

रौतहट । कोशी ब्यारेज पुलबाट यातायात र मानिसको आवतजावत सुचालु गरिएको छ ।

विगत तीन दिनदेखि भएको अविरल वर्षाका कारण पानीको बहाव उच्च भएपछि कोशी ब्यारेज पुलबाट मानिस तथा सबै प्रकारका सवारी साधनहरुको आवतजावतमा रोक लगाइएको थियो ।

१२ गते दिनको ४ बजेदेखि आवतजावतमा रोक लगाइएकोमा आज बिहानदेखि पानीको बहाव क्रमशः घटेको र पुलमा थिग्रिएको बालुवासमेत पन्छाई सकिएकोले आजै साढे ५ बजेदेखि सबै किसिमको सवारी साधन तथा मानिसहरुको आवतजावत सुचालु गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

पछिल्लो मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव ३ लाख ५७ हजार ४१० क्युसेक प्रतिसेकेण्ड छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.