रौतहटमा एक हजारभन्दा बढी घर डुबान, पाँच हजारभन्दा बढी विस्थापित

आश्विन १३, २०८१ |राजेश्वर पाण्डे
रौतहटमा एक हजारभन्दा बढी घर डुबान, पाँच हजारभन्दा बढी विस्थापित

रौतहट । अविरल वर्षाका कारण आएको बाढीले रौतहटको जनजीवन प्रभावित बनेको छ । रौतहटका दुई नदी लाल बकैया र बागमतीमा आएको बाढीले रौतहटका एक दर्जनभन्दा बढी गाउँ डुबानमा परेको छ। 

बागमतीको पानीले तीन पालिकाका ५ स्थानका बाँधमा क्षति पुर्‍याएको छ । बाढीका कारण हालसम्म १ हजार २ सय ४५ घर डुबानमा परेको छ भने ५ हज़ारभन्दा बढ़ी व्यक्ति विस्थापित भएका छन् । 

बाढीमा डुबेर रौतहटमा दुई जनाको मृत्यु भएको छ । बाढीको पानीले जिल्लाका सात स्थानमा बाटो अवरुद्ध भएको छ ।

बागमती र लाल बकैयामा पानीको सतह कम भएसँगै भारतीय बाँधका कारण डुबानमा परेको सदरमुकम गौरमा पनि पानीको सतह घट्दै गएको छ ।


Image

राजेश्वर पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजन रौतहट संवाददाता हुन् ।