धादिङको धुनिबेँसीस्थित सिस्नेखोलामा पहिरो, त्रिभुवन राजपथ अवरुद्ध

आश्विन ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
धादिङको धुनिबेँसीस्थित सिस्नेखोलामा पहिरो, त्रिभुवन राजपथ अवरुद्ध

धादिङ । धादिङको धुनिबेँसीस्थित सिस्नेखोलामा पहिरोसँगै आएको लेदोका कारण त्रिभुवन राजपथ अवरुद्ध बनेको छ ।

लगातारको वर्षासँगै सडक छेउमा आएको पहिरोसहितको लेदोका कारण सडक अवरुद्ध भएपछि राजधानी भित्रिने र राजधानीबाट बाहिरिने सवारीसाधन रोकिएका छन् ।

सुरुङमार्गको प्रवेशद्वारा अगाडिपट्टि आएको पहिरो सडकमा आउदा सडक अवरुद्ध भएको हो । पहिरो ठूलो भएको र लगातार लेदो सडकमा आएको कारण पन्छाउन समय लाग्ने प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा यात्रु अलपत्र छन् । पहिरो पन्छाउन समय लाग्ने भएकोले काठमाडौं प्रवेश गर्ने साना सवारी धार्के-सितापाइला सडकको प्रयोग गर्न सक्ने छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement