धादिङको गल्छीस्थित सडकबाट पहिरो पन्छाइयो, सवारी आवागमन नियमित

आश्विन १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
धादिङको गल्छीस्थित सडकबाट पहिरो पन्छाइयो, सवारी आवागमन नियमित

धादिङ । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्गमा पहिरो पन्छाएर सवारी आवागमन सुचालु गरिएको छ ।

धादिङको गल्छी नजिकै चिरौँदी खोला छेवैमा गएको पहिरो पन्छाए पछि सावरी आवागमन सुचालु भएको हो । निर्माणाधीन सडक आयोजनाको मेसिन प्रयोग गरी पहिरो पन्छाइएको हो । सामान्य वर्षात् भइरहेको कारण पहिरोको जोखिम कायम नै रहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डीएसपी डिल्लीराज पाण्डेले बताउनु भएको छ ।

यस सडकखण्ड हुँदै काठमाडौं भित्रिने र बाहिरिने सवारी प्रयोगकर्तालाई सावधानी अपनाएर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग २ च ७८८५ नम्बरको कार पहिरोका कारण खोलामा खस्दा ४ जना यात्रु सामान्य घाइते भएका थिए भने एआर०११ ७९ नम्बरको भारतीय बसमा समेत क्षति पुगेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement