धादिङको गल्छी नजिकै पहिरोले कार खोलामा खसाल्यो, यात्रु बसमा पनि क्षति

पृथ्वी राजमार्गअवरुद्ध
आश्विन १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
धादिङको गल्छी नजिकै पहिरोले कार खोलामा खसाल्यो, यात्रु बसमा पनि क्षति

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी नजिकै पहिरोले एउटा कार खोलामा खसेको छ भने एउटा यात्रु बसमा क्षति पुगेको छ । पहिरोले राजमार्ग अवरुद्ध बनेको छ ।

गल्छी गाउँपालिकाको चिरौँदी पुल नजिक खसेको पहिरोले एउटा कार सडक बाट तल खोलामा खसालेको हो भने अर्को यात्रु बसमा सामान्य क्षति भएको गजुरीका डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

प्रहरीले जनाएको छ । पहिरोले झारेको कारमा रहेका ४ जना घाइते छन् । उनीहरुलाई उद्धार गरिँदै छ ।

एआर ०११ ७९ नम्बरको भारतीय बस हो भने कारको नम्बर खुलेको छैन । 

लगातारको वर्षासँगै आएको पहिरोको कारण सडक अवरुद्ध हुँदा काठमाडौं प्रवेश गर्ने र बाहिरिने सवारी साधन रोकिएका छन् । निर्माणाधीन सडक आयोजनाको मेसिनको प्रयोग गरी पहिरो पन्छाउन थालिएको प्रहरिले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement