धादिङको गल्छी नजिकै पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

आश्विन १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
धादिङको गल्छी नजिकै पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी नजिकै पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको छ ।

गल्छी गाउँपालिकाको चिरौँदी पुल नजिकै पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । लगातारको वर्षासँगै आएको पहिरोको कारण सडक अवरुद्ध हुँदा सवारी साधन रोकिएका छन् ।

निर्माणाधीन सडक आयोजनाको मेसिनको प्रयोग गरी पहिरो पन्छाउन थालिएको प्रहरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement