यस्तो रहनेछ आज देशभरको मौसम

आश्विन ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
यस्तो रहनेछ आज देशभरको मौसम

काठमाडौं । आज मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश र बागमती प्रदेशमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ र बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी , बागमती र कर्णाली प्रदेशका केही स्थानहरुमा, गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ। बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी

कोशी , बागमती र कर्णाली प्रदेशका केही स्थानहरुमा, गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement