बझाङमा ६ दिनदेखि विद्युत सेवा अवरुद्ध, खानेपानीको समेत हाहाकार

भाद्र ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
बझाङमा ६ दिनदेखि विद्युत सेवा अवरुद्ध, खानेपानीको समेत हाहाकार

बझाङ । बझाङमा पछिल्लो ६ दिनदेखि विद्युत सेवा अवरुद्ध भएपछि सदरमुकाम चैनपुरमा खानेपानीको समेत हाहाकार भएको छ । बिजुली नहुँदा सेतीको पानी लिफ्टिङ गर्न नसेकर सदरमुकाममा पानी वितरण हुन नसकेको हो ।

जयपृथ्वी नगरपालिकाको बझाङ र बैतडीका विभिन्न ठाउँमा गएको पहिरोले पोल ढालेपछि बिजुली अवरुद्ध छ । बिजुली नहुँदा मोबाइल चार्ज गर्न नपाउँदा स्थानीयको सञ्चार सम्पर्कसमेत टुटेको छ। त्यस्तै मासु र दुग्ध व्यवसाय गर्नेहरूले बिजुलीको समस्याले फ्रिज चलाउन नपाउँदा उत्पादन खेर फाल्नुपरेको गुनासो गरेका छन् । चैनपुरमा ३० वटाभन्दा बढी मासुपसल र ८ वटा दूध डेरी छन् ।

रिपिटर टावरमा आएको समस्याले अवरुद्ध टेलिफोन सेवा भने सुचारू भएको छ । सदरमुकामलाई तराईसँग जोड्ने जयपृथ्वी राजमार्ग पनि गत शुक्रबारदेखि पटकपटक अवरूद्ध भइरहेको छ । दिनहुँजसो सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement