विद्युत बक्यौता सम्बन्धी परेको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, दुवै पक्षलाई बोलाइयो

भाद्र ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
विद्युत बक्यौता सम्बन्धी परेको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, दुवै पक्षलाई बोलाइयो

काठमाडौं । सर्वोच्च अदालतले डेडिकेटेट र ट्रंकलाइन बापतको २२ अर्ब रकम सम्बन्धित कम्पनीबाटै असुल गर्न-गराउन अन्तरिम आदेश माग गर्दै परेको रिटमा कारण देखाउ आदेश गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश मोहन शर्मा पौडेलको इजलासले कारण देखाउ आदेश गर्दै विपक्षीहरुसँग कारण सोधेको हो ।

सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाएर दायर रिटमा अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

अधिवक्ता दिपक अधिकारी लगायतले सर्वोच्चमा दायर रिटमा बक्यौता रकम असुल गर्नुपर्ने माग गर्दै नेपाल विद्युत प्राधिकरण तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, उर्जा मन्त्रालयलगायतलाई विपक्षी बनाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement