त्रिशूलीमा खस्यो काठमाडौं जाँदै गरेको खाने तेल बोकेको ट्रक

भाद्र ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
त्रिशूलीमा खस्यो काठमाडौं जाँदै गरेको खाने तेल बोकेको ट्रक

चितवन । बाराबाट काठमाडौं जाँदै गरेको मालवाहक ट्रक त्रिशूली नदीमा खसेको छ ।

नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत २५ किलोमा खाने तेल बोकेको ट्रक त्रिशूलीमा खसेको हो । बाराको सिमराबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूली किनारमा खसेको छ । 

दुर्घटनाको कारण र क्षतिबारे थप विवरण भने आउन बाँकी रहेको चितवन प्रहरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement