सुशील ज्ञवाली लगानी बोर्डको सीईओमा नियुक्त

भाद्र २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
सुशील ज्ञवाली लगानी बोर्डको सीईओमा नियुक्त

काठमाडौं । सरकारले सुशील ज्ञवालीलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ । ज्ञवालीलाई बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको सीईओमा नियुक्त गरेको हो ।

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि सिफारिस समितिले ५ जना उम्मेदवारलाई छानेको थियो । यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत भइसकेका ज्ञवालीलाई सोही सूचीबाट सरकारले बोर्डको सीईओ बनाउने निर्णय गरेको हो ।

ज्ञवालीसहित अर्घाखाँचीका विष्णुप्रसाद भट्टराई, तनहुँका रघुराज काफ्ले, धनुषाका रामदेव यादव र भीष्मराज ढुंगाना समितिको छनोट सूचीमा परेका थिए । यीनै पाँचजनामध्येबाट ३ जनाको अन्तिम सूची मन्त्रिपरिषद्‌सम्म पुगेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement