फेसबुकमा बालेनको स्ट्‌याटस– ‘पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार !’

भाद्र १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
फेसबुकमा बालेनको स्ट्‌याटस– ‘पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार !’

काठमाडौं । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले फेसबुकमा ‘पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार !’ भन्दै लेख्नु भएको छ । उहाँले गलत भए आफूलाई समाउन नत्र दोषीलाई समाउन सरकारलाई चुनौती समेत दिनु भएको छ ।

मेयर शाहले एमालेकी प्रदेश सांसद रेखा शर्माले ८ वर्षदेखि एक नाबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आएको भन्दै आइतबार फेसबुकमा स्ट्‌याटस लेख्नु भएको थियो । उक्त स्ट्‌याटस अहिले फेसबुकबाट हटेको छ । मेयर शाहले भने उक्त स्ट्‌याटस सरकारले हटाएको भन्दै आपत्ति जनाउनु भएको हो ।

मेयर शाहको उक्त स्ट्‌याटसमा अदालतले मुद्दा चलाऊ भनिसकेकी ती सांसदले ‘एकजना नबालिकालाई दैनिक रूप मा कुटपिट गर्दै आएको, काठमाडौं महानगरले २ महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि सरकारले बेवास्ता गरेको’ दाबी गर्नुभएको थियो ।

के थियो त मेयर बालेनको त्यो स्ट्‌याटसमा, यहाँ हेर्नुस्  :-

सम्बन्धित समाचार...

प्रधानमन्त्रीलाई बालेनको प्रश्न- नाबालिकालाई शोषण गर्ने तपाईकी सांसदलाई कहिले समाउने ?


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement