काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले बाल शोषणको मुद्दा लागेकी नेकपा एमालेकी सांसद रेखा शर्मालाई पक्राउ गर्न सरकारले वेवास्ता गरेको आरोप लगाउनु भएको छ ।
मेयर शाहले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्न उठाउनु भएको छ । उहाँले सांसद शर्माले एक नाबालिकालाई घरेलु कामदारको रुपमा बिगत ८ वर्ष देखी बन्दी बनाएर राखेको र कुटपिट गर्दै आएको सरकारलाई जानकारी गराएपनि सरकारले वेवास्ता गरेको बताउनु भएको छ । "काठमाडौं महानगरले बिगत २ महिना देखी कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकार ले समाएको छैन । अदालतले पनि मुद्दा चलाउ भनेर भनी सकेको छ," उहाँले लेख्नुभएको छ ।
साथै उहाँले प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै लेख्नुभएको छ- सम्माननिय प्रधानमन्त्री खड्ग प्रसाद ओली ज्यु , सुशासन भनेको अदालतले पनि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ । सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ? कि नसमाउने ?