बाँकेमा मुखुन्डो लगाएर आएको एक समूहले खुकुरी प्रहार गर्दा २ जना घाइते

भाद्र १, २०८१ |कान्तिपुर टीभी संवाददाता
बाँकेमा मुखुन्डो लगाएर आएको एक समूहले खुकुरी प्रहार गर्दा २ जना घाइते

बाँके । बाँकेको राप्तीसोनारी- ५को विनौना चोकमा मुखुन्डो लगाएर आएका एक समूहले खुडा र खुकुरीले प्राहर गर्दा २ जना युवा गम्भीर घाइते भएका छन् ।

घाइते शुलभ मल्ल र सन्दीप बिस्टको अवस्था चिन्ताजनक रहेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । मोटर साइकलमा आएका हतियार धारीहरूले अन्धाधुन्धरूपा खुडा र खुकुरी प्रहार गरेर भागेका थिए ।

बाँके प्रहरीले आक्रमणकारीलाई नियन्त्रणा लिन सकेको छैन । घाइतेलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा ल्याएको प्रहरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.