‘बंगलादेशमा रहेका नेपाली सुरक्षित छन्’

श्रावण २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘बंगलादेशमा रहेका नेपाली सुरक्षित छन्’

काठमाडौं । सरकारले बंगलादेशमा रहेका नेपाली सुरक्षित रहेको जनाएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बंगलादेशमा रहेका नेपाली सुरक्षित रहेको जनाउनुभएको हो । बंगलादेशमा चिकित्सा, नर्सिङ, इन्जिनियरिङ शिक्षाका लागि ३५ सयभन्दा बढी नेपाली विद्यार्थी छन् । 

बैठकमा बंगलादेशमा राजनीतिक संकट गहिरिएपछि नेपालको सीमा क्षेत्रमा सतर्कता बढाउने विषयमा छलफल भएको बताइएको छ । यस्तै, गृहमन्त्री रमेश लेखकले बंगलादेशमा नेपालीको स्थितिबारे ब्रिफिङ गर्नु भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement