नेवार समुदायमा आज गठेमंगल अर्थात् घण्टाकर्ण पर्व मनाइँदै

श्रावण १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेवार समुदायमा आज गठेमंगल अर्थात् घण्टाकर्ण पर्व मनाइँदै

काठमाडौं । नेवार समुदायमा आज गठेमंगल अर्थात् घण्टाकर्ण पर्व मनाइँदै छ ।

काठमाडौं लगायत नेवार समुदायको बसोबास रहेको विभिन्न जिल्लामा यो पर्व मनाइँदै छ । यसै अन्तर्गत पाल्पाको बजार क्षेत्रमा नर्कटको तीनखुट्टे लिंगाकृति "गठाँ मो" ठड्याइएको छ । दिनभर ठड्याइएको गठेमंगल घाम अस्ताएपछि ढालेर नदीमा लगेर विर्सजन गर्ने परम्परा रहिआएको छ । 

श्रावण चतुर्दशीका दिन मनाइने घण्टाकर्ण पर्व पश्चात् चाडपर्वको मौसम सुरु हुने संस्कृतिविद् मदन देउरालीले जानकारी दिनुभयो । खेती किसानीको काम सकिए लगत्तै नेवार समुदायमा पहिलो चाडका रूपमा श्रावण कृष्ण चतुर्दशीका दिन गठेमंगल मनाउने परम्परा छ । 

घण्टाकर्णकै दिन फलाम वा पित्तलको औंठी "गठाँ मो"मा छुवाएर लगाउने परम्परा समेत रहेको  छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.