संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा प्रमुख तीनदलीय कार्यदलमा सहमति, शीर्ष नेतालाई पर्सिसम्म प्रतिवेदन बुझाइने

श्रावण १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा प्रमुख तीनदलीय कार्यदलमा सहमति, शीर्ष नेतालाई पर्सिसम्म प्रतिवेदन बुझाइने

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा तीन दलबीच सहमति भएको छ । तीनदलीय कार्यदलको आज (बिहीबार) सिंहदरबारमा बसेको बैठकले विवादास्पद सबै बुँदामा सहमति जुटाएको हो ।

बैठकपछि कार्यदलका सदस्यहरु माओवादीका उपमहासचिव जनार्दन शर्मा र एमालेका मुख्य सचेतक महेश बर्तौलाले विवादास्पद सबै बुँदामा सहमति जुटेको जानकारी दिनुभयो ।

पीडितलाई केन्द्रमा राखेर समस्याको समाधान गर्न खोजिएकाले स्वतन्त्र सहमति नभएमा न्याय खोज्ने बाटो खुला राख्दै सहमति जुटेको हो ।

गृह मन्त्रालयमा बसेको बैठकमा कार्यदलका सदस्यसमेत रहनुभएका गृहमन्त्री रमेश लेखक, कानुनमन्त्री अजयकुमार चौरसिया, संसदको कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदी, पूर्वकानुनमन्त्री ध्रुवबहादुर प्रधान, नेपाली सेनाका उपरथी जीवनप्रसाद दाहाल पनि सहभागी हुनुहुन्थ्यो ।

कार्यदलमा भएको सहमतिको प्रतिवेदन दुई दिनभित्र शीर्ष नेताहरुलाई बुझाइनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.