संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा दलहरुबीच सहमति

श्रावण १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा दलहरुबीच सहमति

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा दलहरुबीच सहमति जुटेको छ । 

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलको बैठकले आज दलहरुबीच सहमति जुटाएको कार्यदलका सदस्य एवं माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जानकारी दिनुभयो ।

कार्यदलकाबीचमा भएको सहमतिको मस्यौदा पर्सिसम्ममा शीर्ष नेताहरूलाई बुझाउने तयारी छ । 

कार्यदलको आजको बैठकमा सदस्य एवं गृहमन्त्री रमेश लेखक, कार्यदलका सदस्य एवं नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला, कार्यदलका सदस्य एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा, कानुनमन्त्री अजयकुमार चौरसिया, कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदी लगायतको उपस्थिति रहेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.