काठमाडौं । सरकारले पाँच देशका राजदूतलाई भदौ १५ गतेभित्र स्वदेश फिर्ता हुन निर्देशन दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चीन, रुस, अस्ट्रेलिया, दक्षिण अफ्रिका र श्रीलंकाका राजदूतलाई भदौ १५ भित्र स्वदेश फिर्ता हुन निर्देशन दिइएको जानकारी दिनुभयो । सरकारले १८ देशमा राजदूत सिफारिस गरेसँगै एकीकृत समाजवादी र माओवादी कोटाबाट नियुक्त भएका राजदूतहरू फिर्ता बोलाएको हो ।
त्यसैगरी सरकारले कायममुकायम प्रधानसेनापतिमा अशोक सिग्देललाई तोकेको छ । उमेर हदका कारण प्रधानसेनापति प्रभुराम शर्मा भदौ २४ गतेदेखि अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ ।