सिमलताल दुर्घटना : नदीमा बेपत्ता बस खोज्न भारतबाट ल्याइएको एउटा चुम्बक हरायो

त्रिशूलीमा १५ दिनअघि बेपत्ता बसको खोजीमा नेपाल-भारतको संयुक्त सुरक्षा टोली संलग्न
श्रावण १२, २०८१ |राजु चौधरी
सिमलताल दुर्घटना : नदीमा बेपत्ता बस खोज्न भारतबाट ल्याइएको एउटा चुम्बक हरायो

चितवन । चितवनको सिमलतालमा १५ दिनअघि पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुई बसको खोजीका लागि भारतबाट ल्याएर प्रयोग गरिएका दुईवटा ठुला चुम्बकमध्ये एउटा हराएको छ ।

त्रिशूलीमा बेपत्ता बस खोज्नका लागि भारतबाट १९ र १४ किलोका दुईवटा चुम्बक ल्याइएको थियो । आज नदीभित्र चुम्बक हालेर खोज्ने क्रममा १९ किलोको चुम्बक हराएको हो । सम्भावित स्थानमा बस रहे/नरहेको टुंगो गर्न भारतीय टोलीले ‘म्याग्नेटिक डिभाइस’ ल्याएको थियो ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार त्रिशूलीमा १५ दिनअघि बेपत्ता बसको खोजीमा नेपाल-भारतको संयुक्त सुरक्षा टोली संलग्न छ ।

असार २८ गते बिहान साढे ३ बजेतिर भरतपुर २९ स्थित नारायणघाट-मुग्लिन सडकको सिमलतालमा पहिरोले बगाएर वीरगन्जबाट काठमाडौं जाँदै गरेको एन्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको गणपति यातायातको यात्रुवाहक बस त्रिशूली नदीमा खसेका थिए ।

बसमा ६५ यात्रु रहेकामा तीन जनाले पौडिएर ज्यान जोगाएका थिए । बेपत्ता ६२ जनामध्ये अहिलेसम्म २५ जनाको शव भेटिएको छ ।

यो पनि...

सिमलताल दुर्घटना : घटनास्थलमा भोकभोकै शोकाकुल आफन्त [स्थलगत रिपोर्ट]

‘सोनार क्यामेरा’ मार्फत खोज्दै त्रिशूलीमा हराइरहेका दुई बस र यात्रु

भारतबाट ल्याइएका ठुला चुम्बकको सहायताले त्रिशूलीमा १५ दिनअघि बेपत्ता बस खोजिँदै


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement