गोरखा । गोरखाको टक्सारस्थित मनकामना बहिरा आवासीय माध्यमिक विद्यालय स्थापना भएको २५ वर्ष पूरा भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शनिबार एक कार्यक्रमका बीच विद्यालयको रजत महोत्सवको उद्घाटन एवं रजत स्तम्भको अनावरण समेत गर्नुभयो ।
विद्यालयले रजत महोत्सवको अवसरमा सहयोग गर्ने विभिन्न व्यक्तिहरूलाई सम्मान पनि गर्यो । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्य समेत प्रदर्शन गरेका थिए । विसं २०५५ सालमा स्थापना भएको यस विद्यालयमा कक्षा १ देखि १२ सम्म गरी हाल १३२ जना बहिरा विद्यार्थी अध्ययनरत छन् ।
गोरखा नगरपालिका वडा नं १० टक्सारमा रहेको यो जिल्लाकै एक मात्र विशेष सामुदायिक विद्यालय हो ।