चितवन । शुक्रबारदेखि त्रिशूलीमा हराइरहेका दुई बससँगै यात्रुको खोजी गर्न सुरक्षा निकायको गोताखोर टोलीले पानीभित्रका वस्तुको संकेत दिने उपकरण ‘सोनार क्यामेरा’ प्रयोग गरेको छ । उच्च क्षमताको ‘सोनार’ क्यामेराले तीन सय मिटर गहिराइसम्मको सूचना दिने बताइएको छ । नदीको तीव्र धारका कारण खोजी कार्य कठिन भएको छ । प्रतिकुल परिस्थितिका बीच सुरक्षा निकायको गोताखोर टोलीले सक्रियता बढाएको छ ।