भारतबाट ल्याइएका ठुला चुम्बकको सहायताले त्रिशूलीमा १५ दिनअघि बेपत्ता बस खोजिँदै

नेपाल-भारतको संयुक्त सुरक्षा टोली संलग्न
श्रावण १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
भारतबाट ल्याइएका ठुला चुम्बकको सहायताले त्रिशूलीमा १५ दिनअघि बेपत्ता बस खोजिँदै

चितवन । चितवनको सिमलतालमा १५ दिनअघि पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुई बसको खोजी चुम्बकको प्रयोग गरेर भइरहेको छ ।

भारतबाट ल्याइएका दुई ठुला चुम्बकको सहायताले नेपाल र भारतको सुरक्षा टोलीले खोजी जारी राखेको हो । १९ किलो र १४ किलोका दुईवटा चुम्बक पानीमा खसालेर बेपत्ता बसको खोजी थालिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

सम्भावित स्थानमा बस रहे/नरहेको टुंगो गर्न भारतीय टोलीले ‘म्याग्नेटिक डिभाइस’ ल्याएको जानकारी उहाँले दिनुभयो । असार २८ गते बिहान साढे ३ बजेतिर भरतपुर २९ स्थित नारायणघाट-मुग्लिन सडकको सिमलतालमा पहिरोले बगाएर वीरगन्जबाट काठमाडौं जाँदै गरेको एन्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको गणपति यातायातको यात्रुवाहक बस त्रिशूली नदीमा खसेका थिए ।

बसमा ६५ यात्रु रहेकामा तीन जनाले पौडिएर ज्यान जोगाएका थिए । बेपत्ता ६२ जनामध्ये अहिलेसम्म २५ जनाको शव भेटिएको छ ।

यो पनि...

सिमलताल दुर्घटना : घटनास्थलमा भोकभोकै शोकाकुल आफन्त [स्थलगत रिपोर्ट]

‘सोनार क्यामेरा’ मार्फत खोज्दै त्रिशूलीमा हराइरहेका दुई बस र यात्रु


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement