यू-१९ मैत्रीपूर्ण महिला फुटबलमा नेपाल र भुटान बराबरीमा रोकिए

पुस ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
यू-१९ मैत्रीपूर्ण महिला फुटबलमा नेपाल र भुटान बराबरीमा रोकिए

काठमाडौं । यू-१९ मैत्रीपूर्ण फुटबलमा नेपाल र भुटानको महिला टिमले एक-एक गोलको बराबरी खेलेका छन्। दशरथ रंगशालामा एक गोलको अग्रता कायम राख्न नसक्दा नेपाल जितबाट बञ्चित भएको हो।

खेलको सातौं मिनेटमा गोलकिपर सुजना तामाङले उत्कृष्ट बचाउ गरेपछि नेपाल गोल बेहोर्नबाट जोगिएको थियो । उग्येन ल्हामोको कर्नर किकमा सांगे वाङ्मोको प्रहारलाई सुजनाले पञ्च गर्दै गोल हुनबाट जोगाएकी थिइन् । २० औं मिनेटमा सिम्रन राईको हेडरले पुनः भुटानलाई अग्रता बनाउनबाट रोक्यो । उग्येन ल्हामोले खाली पोस्टमा गरेको प्रहारलाई सिम्रनले हेड गर्दै क्लियर गरेकी थिइन् ।

यससँगै पहिलो हाफमा दुबै टिमले गोल गर्न सकेनन् । ४८ औं मिनेटमा सुसिला केशीले बक्स बाहिरबाट गरेको प्रहारले जाली चुमेपछि नेपालले खेलमा सुरुवाती अग्रता बनाएको थियो । तर नेपालले दोस्रो हाफमा सो अग्रता गुमायो। ८० औं मिनेटमा भुटानले बराबरी गोल फर्काएको थियो । नेपाली लेफ्ट ब्याक पोजिसनमा नहुँदा प्रिया घलेको पासमा फुन्सो चुदेनले बराबरी गोल फर्काएकी हुन् ।

यससँगै खेल बराबरीमा समाप्त भएको हो। अन्डर सिक्सटिन र अन्डर नाइन्टिनको दुई मैत्रीपूर्ण खेलको लागि नेपाल आएको भुटानी अपराजित रहँदै स्वदेश फर्किने भएको छ। नेपाली अन्टर सिक्सटिन टोलीले भने गत शुक्रबार भएको खेलमा भुटानसँग ५-१ को हार ब्यहोरेको थियो। यससँगै उमेर समूहको नेपाल र भुटानबीचको दुई म‌ैत्रीपूर्ण खेल सकिएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement