विपद्का घटनामा यो वर्ष १३० जनाको मृत्यु भयो : गृहमन्त्री लेखक

श्रावण ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
विपद्का घटनामा यो वर्ष १३० जनाको मृत्यु भयो : गृहमन्त्री लेखक

काठमाडौं । यो वर्षको मनसुन सुरु भएयता विपद्का घटनामा अहिलेसम्म एक सय ३० जनाको मृत्यु भएको छ ।

गृहमन्त्री रमेश लेखकले संसद्‌लाई जानकारी दिँदै विपद्का एक हजार पाँच सय ९२ घटनामा एक सय ४४ घाइते र ४८ जना बेपत्ता भएको जानकारी दिनुभयो । अहिलेसम्म ५९४ पशु चौपायाको नोक्सानी भएको, २३१ घरमा क्षति पुगेको, ४३ वटा साना-ठुला पुल र दुईवटा सरकारी भवन भत्केका तथा ४ हजारभन्दा धेरै परिवार विस्थापित भएको पनि गृहमन्त्रीले बताउनुभयो ।

७७ वटै जिल्ला विपद्‌बाट प्रभावित भएको भन्दै गृहमन्त्री लेखकले चितवनको सिमलताल पहिरोमा बगेका दुईवटा बसका बेपत्ता ६२ मध्ये २४ जनाको शव फेला परेको पनि सदनलाई जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.