नाबालक छोरासहित सुतेकी महिलामाथि सामूहिक बलात्कारमा संलग्न २ जना पक्राउ

श्रावण ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
नाबालक छोरासहित सुतेकी महिलामाथि सामूहिक बलात्कारमा संलग्न २ जना पक्राउ

सल्यान । सल्यानमा नाबालक छोरासहित सुतेकी एक महिलामाथि सामूहिक बलात्कारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बलात्कारमा संलग्न एकजना भने फरार छन् ।

वनगाड कुपिन्डे नगरपालिका १, बुरेलीस्थित माइतीघरमा सुतेकी २३ वर्षीया महिलामाथि असार ३१ गतेको मध्यरातमा सामूहिक बलात्कार भएको हो । मध्यरातमा ३ युवाले महिलाको माइतीघरमा जबरजस्ती प्रवेश गरेर घिसार्दै घरबाहिर बार्दलीमा ल्याएर सामूहिक बलात्कार गरेको सल्यान प्रहरीले जानकारी दिएको छ ।

बलात्कार आरोपमा वनगाड कुपिन्डे नगरपालिका १, देवस्थलका २१ वर्षीय वसन्त बुढा र जाजरकोटको जुनीचाँदे ८ घर भई अहिले वनगाडको देवस्थलमै बस्ने २४ वर्षीय मानबहादुर रावतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी (प्रहरी निरीक्षक) रेशमबहादुर खत्रीले जानकारी दिनुभयो ।

बलात्कारपछि फरार रहेका तीन जनाविरुद्ध पीडितले साउन १ गते जाहेरी दिएपछि जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर प्रहरीले खोजी गर्ने क्रममा साउन २ गते सल्लीबजार नजिकबाट पक्राउ गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement