संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन गठित कार्यदलसँग प्रधानमन्त्री ओलीको छलफल

कार्यदलद्वारा अहिलेसम्म भएका कामबारे प्रधानमन्त्रीलाई जानकारी
श्रावण ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन गठित कार्यदलसँग प्रधानमन्त्री ओलीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन गठित कार्यदलसँग बालुवाटारमा छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले कार्यदलले अहिलेसम्म गरेका कामका विषयमा जानकारी लिनुभएको हो । अहिले प्रतिनिधिसभाको कानुन समितिमा विचाराधीन विधेयकमा उपसमिति समेत बनाएर छलफल गर्दा पनि सहमति नजुटेपछि पुष्पकमल दाहाल नेतृत्वको सरकारले तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदललाई मिल्न नसकेको विषयमा सहमति जुटाएर बुझाउने कार्यादेश छ । विधेयकमा गम्भीर मानवअधिकार उल्लंघन, परिपूरणको विषय, स्वतन्त्र मेलमिलाप नभएमा कसरी अगाडि बढ्ने भन्ने विषयमा कुरा मिल्न सकेको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.