न्युरोडको फुटपाथ विस्तार गर्न उच्च अदालत पाटनको आदेश

असार ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
न्युरोडको फुटपाथ विस्तार गर्न उच्च अदालत पाटनको आदेश

काठमाडौं । उच्च अदालत पाटनले न्युरोडको फुटपाथ विस्तार गर्न आदेश दिएको छ । उच्चको यो आदेशसँगै अब काठमाडौं महानगरपालिकाले न्युरोडको फुटपाथ विस्तारको कामलाई निरन्तरता दिनेछ ।

न्यायाधीद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले काठमाडौं महानगरपालिकाको मागबमोजिम फुटपाथ विस्तारका पक्षमा आदेश दिएको हो ।

महानगरले फुटपाथ विस्तारका लागि न्युरोडको कालोपत्र काटेपछि सडक डिभिजन काठमाडौंले आफ्नो क्षेत्राधिकारभित्र भन्दै अवरोध गरेको थियो ।

महानगरले न्युरोडको सडक पैदलयात्रीमैत्री बनाउन ठेक्कामार्फत जेठ ११ गतेदेखि काम थालेको थियो । जेठ १२ गते सडक डिभिजन काठमाडौंले खनिएको सडकमाथि कालोपत्र गरेको थियो । त्यसपछि महानगरले जेठ २७ गते उच्च अदालत पाटनमा फुटपाथ विस्तार गर्न पाउँभन्दै रिट दायर गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.