हिमताल फुटेर दोलखाको रोल्वालिङ खोलामा बाढी

असार ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
हिमताल फुटेर दोलखाको रोल्वालिङ खोलामा बाढी

दोलखा । गत असार २२ गते राति दोलखाको गौरीशंकर गाउँपालिका- ९ रोल्वालिङ खोलामा अचानक आएको बाढी पहिरोका कारण नभै हिमताल फुटेका कारण भएको खुलेको छ ।

नाँ र बेदिङको उच्च भेगमा रहेको दोर्जी फुङमो हिमताल फुट्दा रोल्वालिङ खोलामा बाढी आएको पुष्टि भएको हो । करिब ९ सय मिटर लम्बाइको हिमताल असार २२ गते राति ९ बजेतिर ठोलो आवाजमा विस्फोट भएको स्थानीयले बताएका छन् । हिमताल विस्फोटले केहीबेर रोल्वालिङ खोला थुनिएको र त्यसपछि बाढीको रूप लिएको ११ पटकका सगरमाथा आरोही स्थानीय दाबा छिरिङ शेर्पाले बताउनुभयो ।

बाढीले फट्के र झोलुङ्गे पुल बगाएपछि त्यहाँ एक सातादेखि अलपत्र पर्यटकको शनिबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

यस्तै बाढीका कारण सदरमुकामसँग सम्पर्क टुटेको नाँ र वेदिङ गाउँमा हेलिकप्टरमार्फत खाद्यन्न पुर्‍याइएको छ । बाढीले एक जना महिलालाई बेपत्ता बनाएको थियो भने रोल्वालिङ पदमार्गको डोगाङमा रहेका सबै साना ठूला ८ वटा होटलसमेत बगेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.